Logo

नीता र हरिहरको फिल्म ‘ह्रस्व दीर्घ’ मा खेल्न नेपाल आइपुगे ‘गजनी’ र ‘पुष्पा’का भिलेन

काठमाडौं– अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीको फिल्म ुह्रस्व दीर्घु को छायांकनका लागि भारतीय अभिनेता प्रदीप रावत र सुनील वर्मा नेपाल आएका छन्।

काठमाडौंमा उनीहरूको दृश्यको छायांकन भइरहेको अभिनेत्री एवं निर्मात्री नीताले बताइन्। चन्द्र पन्तको डेब्यू निर्देशनमा निर्माण भइरहेको फिल्मको सोमबार बिहान ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायांकन सुरू गरिएको थियो।

अबको ४ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक पन्तले बताए। उनका अनुसार यो फिल्मको अन्तिम सेड्युल हो।

बलिउड फिल्म ‘गजनी’ भिलेन प्रदीपले आफूले ‘ह्रस्व दीर्घ’मा अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा अभिनय गर्न लागेको बताए। यस्तै दक्षिण भारतीय फिल्म ‘पुष्पा’ का भिलेनले पनि नेपाली फिल्ममा अभिनय गर्न पाउँदा खुसी लागेको बताए। फिल्म नेपाली फिल्मलाई भारतीय फिल्म उद्योगसँग जोड्ने पुलको काम गर्ने विश्वास रहेको उनले बताए। साथै, ‘ह्रस्व दीर्घ’ नेपालको पहिलो प्यान इन्डिया सिनेमा भएकाले यसलाई भारतीय दर्शकमाझ लैजान उत्साहीत रहेको सुनाए।

सिनेमामा नीता, हरिहर, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुनेछ । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्