Logo

शौच गर्न खोला किनारमा जाँदा बगाएर एक जनाको मृत्यु

बाँके– तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । रानागाउँ बस्ने ५१ वर्षीय ताराकुमारी गुरुङको बाढीले बगाएर मृत्यु भएको हो ।

खेतमा काम गर्दै गर्दा शौच गर्न खोला किनारमा गएको समयमा एक्कासि आएको बाढी बगाउँदा महिलाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर विश्वकर्माले बताए । गुरुङको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्