मुखमा कालो टेप लगाएर बैठकमा पुगेका मुकुललाई रविले दिएनन् प्रतिवेदन पेश गर्न

936
Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा महामन्त्री मुकुल ढकालले आफ्नो प्रतिवेदन पेश गर्न नपाएको बताएका छन् । आज बसेको पार्टीको बैठकमा सभापति रवि लामिछानेले ढकाललाई आफ्नो प्रतिवेदन पेश गर्न नदिएका हुन् ।

सचिवालयको मंगलबार बसेको बैठकमा महामन्त्री मुकुल ढकाललाई प्रस्ताव पेस गर्न दिने निर्णय गरेको थियो। तर, बुधबार बिहानबाट सुरू भएको बैठकमा पार्टी सभापति रवि लामिछानेले सचिवालयको निर्णयविपरीत प्रस्ताव पेस गर्न नदिएको महामन्त्री ढकालले बताए ।

महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।

महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ।

त्यसपछि रास्वपाले केन्द्रीय कमिटी बैठक डाकेर प्रतिवेदनमाथि छलफल थालेको हो।