Logo

एक मन्दिरबाट ३४.४० ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ

 

 

काठमाडौं – कीर्तिपुरको एक मन्दिरबाट ३४.४० ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम फाकफुकथुङ गाउँपालिका-५ का २१ वर्षीय राजकुमार सुनुवार र २१ वर्षकै मनिराज मुखिया रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई जाल्पादेवी मन्दिरको हाताभित्रबाट पक्राउ गरेका थिए । उनीहरूमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त कीर्तिपुरबाट अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्