Logo

भ्रष्टाचारको ठुला फाइलहरु खुल्ने डरले रातारात कांग्रेस एमाले गठबन्धन बन्यो: संजय काल्धन

अखिल (क्रान्तिकारी) युनिभर्सल इन्जिनियरिङ कलेजले आयोजना गरेको बास्केटबल कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) को उपमहासचिव संजय काल्धनले भ्रष्टाचारको ठुल्ठुला फाइलहरु खुल्ने डरले रातारात कांग्रेस एमाले गठबन्धन बनेको धारणा व्यक्त गरेका छन् । पछिल्लो समय भ्रष्टाचारीहरुलाइ जेलमा कोचिरहेका प्रचण्ड नेतृत्वको सरकार ढालेर भ्रष्टहरुलाई काँग्रेस एमाले जोगाउन खोजेको बताए । भ्रष्टाचारका ठुल्ठुला फाइलहरु खोल्दा एमाले कांग्रेसका अधिकांस नेताहरु सबै जेलमा कोचिने समेत, नेता कालधनले दाबी गरेका छन् ।

अखिल (क्रान्तिकारी) युनिभर्सल इन्जिनियरिङ कलेजले आयोजना गरेको बास्केटबल कार्यक्रमका प्रमुख अतिथि संगठनका उपाध्यक्ष अच्युत भट्ट, अतिथिहरु सचिवहरु माधव थपलिया, शिक्षा पाण्डे र अखिल (क्रान्तिकारी) केन्द्रीय समिति, पोखरा विश्विद्यालय राष्ट्रिय समिति, जिल्ला समितिका नेताहरु लगायतको उपस्थिति थियो । साथै आज अखिल (क्रान्तिकारी) एभरेष्ट ईन्जिनियरिङ् कलेज कमिटीले रक्तदान कार्यक्रम गरेको संगठनका केन्द्रीय सचिव उपदेश यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्