Logo

‘पटक–पटक मन्त्री भएकाहरूलाई यसपटक विश्राम दिनुपर्छ’– गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट यसपालि सरकारमा मन्त्री पठाउँदा सबैको प्रतिनिधित्व हुने गरी पठाउनुपर्ने बताएका छन्। यसअघिको सरकारमा पार्टीले ९ जना मन्त्री पठाए पनि दलित, थारू, मधेसीलाई स्थान नदिएको भन्दै उनले यसपटक समावेश गरिनुपर्ने बताएका छन् ।

उनले पार्टीभित्र भाग पुर्‍याउने नाममा पटक–पटक मन्त्री बनेकाहरूलाई यसपटक अवसर दिन नहुने बताए। ‘योभन्दा अघिल्लो पटक ९ जना मन्त्री कांग्रेसबाट सरकारमा थिए। तर एउटा दलित, थारू र मधेसी गएन,’ इटहरीमा बिहीबार भएको कार्यक्रममा बोल्दै थापाले भने, ‘मन्त्रीमा दलित, थारू, मधेसी पठाएनौं। कहिले पठायौं भन्दा २०१५ सालमा पठाएको हो नि१ २०८१ मा पठाउनुपर्‍यो नि ।’

‘समावेशीसँगै परिणाम दिन सक्नेलाई मन्त्री बनाउनुपर्छ,’ उनले भने, ‘पटक–पटक मन्त्री भएकाहरूलाई यसपटक विश्राम दिनुपर्छ, घरमै राखे हुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्