Logo

नारायणी नदीमा फसेका ५८ जनाको उद्धार गरि सुरक्षित स्थानमा स्थानान्तरण

चितवन– चितवनस्थित नारायणी नदीमा फसेका ५८ जनाको उद्धार भएको छ।

शनिबार राति पौने ११ बजे भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको उद्धार भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

वर्षाको कारण नारायणी नदीमा आएको बाढीमा फसेको भन्ने खबर सशस्त्र प्रहरी बलले पाएको थियो।

उक्त खबरपछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनको टोली खटिएको थियो। सँगै नेपाल प्रहरीको टोली पनि खटिएको थियो। उक्त टोलीले ५८ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारेको हो।

प्रतिक्रिया दिनुहोस्