Logo

मनोज गजुरेलको घरमा ताला लगाउन पुगेपछि पक्राउ परिन् मिना ढकाल

काठमाडौं– हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । मनोजको घरमा पुगेर बलजफ्ती ताला लगाउन लागेको स्थानीयले खबर गरेपछि उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

मिना केहि युवाहरु लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी थिइन् । मिना युवाहरुको समुह लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ बर्षकी गजुरेलकी आमालाई धम्काई, लछारपछार पारेर ताला लगाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । सोपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मनोज गजुरेल र मिना ढकालबीच २०७४ सालमै सहमतिमै सम्बन्धविच्छेद भइसकेको छ ।गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् । आपसी समझदारीमा गजुरेल र ढकालको डिभोर्स गर्दा मीनाले अंशबण्डावापत मनोजबाट ६५ लाख रुपैयाँ पाएकी थिइन् भने उनकी छोरीले ६० लाख रुपैंया प्राप्त गरेकी थिइन् । डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति भए पनि डिभोर्सको ८ महिनापछि छोरी आमासँग बस्न नरुचाएर गजुरेलसँग बस्न गएकी थिइन् ।
सम्बन्ध बिच्छेद भइसकेपनि अंशबण्डामा मीनाको चित्त बुझेको छैन । त्यसैले उनले सामाजिक सञ्जालमा पूर्व श्रीमान गजुरेलको चरित्र हत्या गर्ने किसिमका स्टाटस हालिरहेकी हुन्छिन् । उनको स्टाटसमा उनकै छोराले नै विरोध गर्दै आएका छन् । मनोज गजुरेल र मीनाबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप समय समयमा चलिरहेका हुन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्