Logo

बालेनप्रति कमेडिन विशाल भण्डारीको व्यङ्ग्य, ‘गर्नेबेला मैले केही गरिनँ, गाली अरुलाई खुवाउँछु’

काठमाडौं– कमेडी च्याम्पियनका प्रस्तोता विशाल भण्डारीले आफुले काम नगर्ने तर दोष अरुलाई लगाउने भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई कटाक्ष हानेका छन् ।
उनले बालेनको नाम उल्लेख नगरिकन कटाक्ष हान्दै भनेका छन् , ‘हाम्रो कमेडी च्याम्पियनका को थ्री प्रोडक्सन स्टुडियो मुलपानीको आगनमा पानी जमेछ । म यस्को दोष के पी वलीलाई दिन चाहन्छु ।’

उनले थप लेखेका छन्, ‘हुनत २ बर्ष अघि स्टुडियो किन्दानै यो समस्या आउने हेक्का थियो । तर वेवास्ता गर्दै हामिलेनै ढलको उचित निकास र जमिनको स्लोप नमिलाको हौं। अब स्टुडियोमा कर्मचारी थुनिएका छन् हताहत भाका छन् उनिहरु म माथि खनिनु अघि सबै दोष केपी ओलीमा हाल्दिने अनी चिलमा बस्ने ।’
२ बर्ष देखि सबै थाहा हुदा हुदै गर्नचै मैले पनि केहि गरिन अब मान्छे कराउने बेला भयो तर गाली अर्को लाई खुवाउॅ किन म खानु र?

शनिबार अविरल वर्षाका कारण काठमाडौंको सुकुम्बासी बस्तिमा बाढी पसेको थियो । वस्तिमा पानी पसेपछि शनिबार राती बालेनले केपी ओलीलाई लक्षित गर्दै एक स्टाटस लेखेका थिए । उनले ३० वर्षदेखि सुकुम्बासीको व्यवस्थापन गर्ने आश मात्र देखाएको भन्दै छिट्टै फेरी प्रधानमन्त्री बन्न लागेको भन्दै अब व्यवस्थापन गर्ने हो की भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘केपी ओलीज्यू, काठमाडौंमा लगभग २,००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईंले पचाउँन खोज्नु भएको गिरिबन्धुमा यस्ता १५,००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्