Logo

प्रतिनिधि सभामा प्रतिपक्षीको सिटमा बस्यो एमाले

काठमाडौं– आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) प्रतिपक्षीको सिटमा बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको एमाले प्रतिपक्षी सिटमा बसेको हो। प्रतिनिधि सभामा एमालेका ७८ जना सांसद छन्।

एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। एमाले र जसपा आइतबारदेखि प्रतिनिधि सभामा प्रतिपक्षमा बसेका छन्। अशोक राई नेतृत्वको जसपाका प्रतिनिधि सभामा ७ जना सांसद छन्।

प्रधानमन्त्री प्रचण्डको सरकार अल्पमतमा परे पनि उनले विश्वासको मत लिने तयारी गरेका छन्। यही असार २८ गते उनले विश्वासको मत लिने तयारी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्