सभामुखले प्रतिनिधिसभामा गराए प्रचण्डले २८ असारमा विश्वासको मत लिने जानकारी

720
Shares

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने जानकारी गराएका छन् । आइतबार बसेको बैठकमा सभामुख घिमिरेले यस्तो जानकारी गराएका हुन् ।

सभामुख घिमिरेले भने,‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १ सयको उपधारा २ बमोजिम २०८१ साल असार २८ गते शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने जानकारी प्राप्त भएकोले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ को उपनियमको ३ बमोजिम उल्लेखित दिन र समयको बैठक तोकेको ब्यहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’