Logo

पशुपति कोटिहोम महायज्ञको लागि सोमबार वृहत ट्याक्सी र्याली हुँदै

काठमाडौं– सोमबार चक्रपथमा वृहत ट्याक्सी र्याली हुने भएको छ । आगामी साउन महिनाभर सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको आयोजकले  कोटिहोम महायज्ञको प्रचारप्रसार गर्न वृहत ट्याक्सी र्याली गर्न लागेका हुन् ।

कोटिहोमको आयोजक मानव सेवा फाउन्डेसनले उक्त र्याली सञ्चालन गर्न लागेको हो । उक्त र्याली पशुपति क्षेत्रबाट सुरु भइ चक्रपथ परिक्रमा गरेर समापन गरिने आयोजकले जनाएको छ ।

शनिबार आयोजकले मोटरसाइकल र्यालीसमेत सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्