Logo

मुकुल ढकाललाई रास्वपाले गर्यो पदमुक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो । अब उनी रास्वपाका साधारण सदस्यमात्र रहने भएका छने ।

अनुशासन आयोगको सिफारिसअनुसार कारबाही गर्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । पदको जिम्मेवारी हालसम्म कसैलाई नदिइएको उनले बताए ।

उता मुकुलले पदमुक्तभएपछि सामाजिक सञ्जालमार्फत आफू ‘रवि लामिछाने क्लब’बाट निष्कासित भएको टिप्पणी गरेका हुन् । तर ‘रविको पार्टी’बाट रास्वपा बनाउने संकल्प नरोकिने उनले बताएका छन् । उनले लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन । रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन । घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि’

प्रतिक्रिया दिनुहोस्