Logo

दयालबहादुर शाहीले ‘प्रचण्ड’ लाई दिए ब्वाँसोको संज्ञा

काठमाडौं– नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ब्वाँसोको संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले ०६२/०६३ पछि खुल्ला राजनीतिमा आएका प्रचण्डको बल र छलको शेयर ह्वात्तै बढेको टिप्पणी गरे ।

नेता शाहीले प्रचण्डले सुम्सुम्याएर सिध्याउने कला सिकेको टिप्पणी गरे । ठूला हात्ती र भैसीँलाई नसकेपछि ब्वाँसोले सुम्सुम्याएर सिकार गर्ने गरेको उनले सुनाए ।

०६४ पछि प्रधानमन्त्री प्रचण्डको कारणले एमाले सक्किने ठाउँमा पुगेको बताए । त्यसपछि एमालेलाई केपी शर्मा ओलीले जोगाएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले घमण्ड र घृणाको राजनीति गरेको उनको आरोप छ । उनले प्रचण्डलक्षित गर्दै पौराणिक पात्र हिरण्यकश्यपुको कथासमेत सुनाए ।

 

प्रतिक्रिया दिनुहोस्