Logo

विराट कोहलीको पबमा राति अबेरसम्म चर्को स्वरमा संगीत बजाएको भन्दै एफआईआर दर्ता

 

 

काठमाडौँ – बैंगलुरुस्थित विराट कोहलीको पबमा राति अबेरसम्म चर्को स्वरमा संगीत बजाएको भन्दै एफआईआर दर्ता भएको हो । विराटको वान८ कम्युन पब एमजी रोडमा अवस्थित रहेको छ।

शनिबार (जुलाई ६) को राति कब्बन पार्क प्रहरी चौकीको टोली गस्तीमा निस्किएको डीजीपी सेन्ट्रलले बताएका छन् । बिहान १:३० बजेसम्म वान८ खुला रहेको भेटिएको हो । पबका व्यवस्थापकले गलत किसिमको पब चलाउँदै आएका थिए । बेंगलुरुमा पबहरू बिहान १ बजेसम्म मात्र खोल्न अनुमति दिएको छ । त्यसैले पबविरुद्ध कारबाही गरेको हो । वान८ बाहेक ३–४ अन्य पब विरुद्ध पनि मुद्दा दर्ता भएक छन् ।

प्रतिक्रिया दिनुहोस्