Logo

मेस्सी र यामालको दुर्लभ भेट, १६ वर्षअघि मेस्सिले नुहाइदिएका शिशुले युरोकपमा तहल्का मिच्दै

एजेन्सी– जमर्नीमा जारी युरो कपमा फ्रान्सविरुद्ध गोल गर्दै स्पेनलाई फाइलमा पुर्याउन महत्वपूर्ण योगदान पु¥यापछि स्पेनका खेलाडी लामिन यामालले चर्चा चुलिएको छ । १६ वर्ष र ३६२ दिनमा गोल गरेर उनी प्रतियोगिताको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बनायो। १६ वर्षे यामाल फुटबल जगत्को नयाँ सुपरस्टारको रुपमा उदाएको समेत चर्चा हुन थालेको छ ।

पछिल्ला दिनमा यामालको चर्चा चुलिएसँगै १६ वर्ष पुरानो फोटोसमेत चर्चा बटुलिरहेको छ । जहाँ फुटबलका सुपरस्टार लिओनेल मेस्सीले ६ महिनाका यामाललाई नुहाइ दिइरहेका छन् ।

मेस्सी र यामालको लामो समयदेखि बिर्सिएको तस्बिर यामालका बुबाले गत हप्ता इन्स्टाग्राममा पोस्ट गरे । त्यपछि यो फोटो एकाएक ‘दुई लेजेन्डको सुरुवात।’ भन्दै भाइलर बन्यो । मेस्सिले फोटोसुट गरेका शिशु हाल फुटबलमा तहल्का मच्चाइ रहँदा त्यस फोटो खिच्ने फोटोग्राफरको समेत खोजी भएको छ ।

उक्त फोटो खिच्दा मेस्सी केबल २० वर्षका थिए । फुटबलको जगतमा उनले नाम कमाउन सुरु गरिसकेका थिए । सोहि क्रममा सन् २००७ मा, युवा लियोनेल मेस्सीले बार्सिलोनाको क्याम्प नोउको ड्रेसिङ रुममा परोपकारी क्यालेन्डरका लागि एक शिशुसँग फोटोसुट गरेको बिबिसीले जनाएको छ ।

उक्त फोटोहरू एसोसिएटेड प्रेसका लागि स्वतन्त्र फोटोग्राफरको रूपमा काम गर्ने जोन मोनफोर्टले खिचेका थिए। युनिसेफले मातारो सहरमा गोलाप्रथा गरेको थियो । लामिनको परिवारले गोलाप्रथा जीतेपछि लामिनको मेस्सीसँग फोटोसुट गरिएको थियो ।

तर फोटोग्राफरलाई थाहा थिएन कि मेस्सीको हातमा रहेका ती शिशुले पनि १७ वर्षभन्दा कम समयपछि अन्तर्राष्ट्रिय फुटबलमा तरंगहरू सिर्जना गर्नेछन् । उक्त फोटो एकाएक भाइरल भएपछि मात्र ती शिशु यामाल रहेको थाहा पाएको फोटोग्राफर यामलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्