Logo

नवलपुरमा खोलाले बगाएर दुईजना बेपत्ता

नवलपरासी पूर्व– नवलपुरमा खोलाले बगाएर दुईजना बेपत्ता भएका छन्।

नवलपुरको बौदीकाली गाउँपालिका– १ खारा घर भएका ४८ वर्षका विशाल कार्की खोलाले बगाएर बेपत्ता भएका छन्। उनलाई बिहीबार दिउँसो १२ः४० बजेको समयमा गोरुसहित खेतमा काम गर्न जाने क्रममा बौदीकाली– १ को बौदी खोला तर्ने क्रममा सोही खोलाले बगाएको थियो ।

त्यसैगरी, मध्यविन्दु नगरपालिका– ४ मदनपुर घर भएका ३५ वर्षका सूर्य परियारलाई पनि बिहिबारनै खोलाले बगाएर बेपत्ता भएको नवलपुर प्रहरीले जनाएको छ । उनलाई मध्यविन्दु– १ पतवारीस्थित उल्टी खोला तर्ने क्रममा खोलाले बगाएको हो ।

बेपत्ता भएका दुवैजनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्