Logo

सिआइबीका प्रमुखमाथी छानबिन गर्न सिआइबीबाटै छानबिन समिति गठन

काठमाडौं– नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली छानबिनमा तानिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख रहेका उनीमाथि प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै संगठनभित्रै छानबिन भएको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनको छानबिनका लागि एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन्।

उनीविरूद्ध छानबिन निर्देशनालयमा उजुरी परेको थियो। गत वर्ष बरामद भएको ६१ किलो सुन प्रकरणको छानबिन गर्न गठित समितिले विभागीय कारबाहीका लागि सिफारिस गरेपछि तत्कालिन एआईजी किरण बज्राचार्य सरुवामा परेकी थिईन् ।

सोपछि ६१ किलो सुन प्रकरणको छानबिनका लागि ज्ञवालीलार्य रबि लामिछाने गृहमन्त्री हुँदा सीआईबी प्रमुख बनाएका थिए । तर ज्ञवाली सीआईबीमा गएपछि सुन तस्करीमा संलग्न कुनै पनि व्यक्तिमाथि थप अनुसन्धान भएन । बरु तत्कालीन गृहमन्त्री लामिछानेविरुद्ध पीडित बचतकर्ताले दिएको उजुरीका आधारमा सीआईबीले गरेको अनुसन्धानसमेत दबाएको आरोप उनीमाथि छ । उनीमाथि सुक्ष्म रुपमा अनुसन्धान भइरहेको एक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्