Logo

तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु, प्रधानमन्त्री ओलीसँगै पुगे पूर्व रक्षामन्त्री हरी प्रसाद उप्रेती

काठमाडौं– निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । मकवानपुरको बकैया गाउँपालिकामा पर्ने काठमाडौंबाट निजगढ तर्फ जाने उक्त सुरुङको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ब्रेक थ्रु भएको घोषणा गरेका हुन् ।

ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्रीको साथमा पूर्व रक्षा मन्त्री हरीप्रसाद उप्रेती तथा मन्त्रीहरु, प्रधानसेनापतीका साथै नेपालका लागि चिनियाँ र कोरियन राजदूतहरु पनि सहभागी भएका थिए ।

कुल ७०‍‍.९७७ किलोमिटर लामो काठमाडौं–तराई द्रूतमार्गमा कुल १०.३०९ किलोमिटर सुरुङमार्ग रहेको छ । यसमध्ये धेद्रे सुरुङ १६९१ मिटर लामो छ । यसअघि धेद्रे सुरुङको निजगढबाट काठमाडौं आउने लेन २०८१ जेठ ११ मा पूर्व रक्षामन्त्री हरी उप्रेतीको पहलमा ब्रेक थ्रु भएको थियो। उक्त लेनको लम्बाइ १.६५३ किलोमिटर छ। आज काठमाडौंबाट निजगढ तर्फ जाने सुरुङ मार्ग ब्रेक थ्रु भएको हो ।

यसअघि यही जेठ ४ गते पूर्वरक्षामन्त्री उप्रेतीको पहलमै लेनडाँडा सुरुङ मार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङ मार्ग छिचोलिएको थियो । .

द्रुतमार्गमा कुल ६ स्थानमा सुरुङ बन्दैछन्। जसमध्ये सबैभन्दा लामो ३३५५ मिटर लामो सुरुङ महादेवडाडामा बन्दैछ । त्यको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ ।

यो आयोजनाको समष्टिगत प्रगति भने ३५.३८ प्रतिशत पुगेको सेनाले जनाएको छ । २१ बैशाख २०७४ को निर्णय अनुसार काठमाडौं तराई द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाइ दिएको हो । जसलाई सेनाले विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्