Logo

लिभिङ टुगेदरमा बसेको केटाले विहे गर्न नमानेपछि माइतीघरमा आत्महत्याको प्रयास

काठमाडौं– लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघरमा एक महिलाले आत्महत्याको प्रयास गरेकी छिन् । माइतिघरको मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर उनले आत्महत्याको प्रयास गरेकी हुन् ।

जुम्ला घर भएकी सहारा शाहीले दुई वर्षसम्म लिभइन टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै पोलबाट हाम्फाल्ने प्रयास गरेकी हुन् । उनी केटाले बिहे गर्न नमानेपछि करिब ३५ दिनदेखि धर्नामा थिइन् । धर्नामा बसेकी शाही शनिबार दिउँसो हाम्फालेर मर्ने भन्दै माइतीघरस्थित उक्त पोलमा चढेकी थिइन् ।

उनलाई तत्काल प्रहरीले उद्धार गरेको छ । केहि समयअघि एक महिलाले पनि सोहि पोलमा चढेर आत्महत्याको प्रयास गरेकी थिइन् । वैवाहिक बलात्कार मुद्दामा क्षतिपूर्ति नपाएको भन्दै पूर्वन्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले करिब डेढ महिना पहिलो आत्महत्याको प्रयास गरेकी हुन् ।

श्रीमानलाई बैबाहिक बलात्कार मुद्दामा अदालतले ७ वर्षको जेल सजाय सुनाएको थियो । तर राहत तथा क्षतिपूर्ति नपाएको भन्दै उनले आत्महत्याको प्रयास गरेकी थिइन् । उनको पनि प्रहरीले तत्काल उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्