Logo

सहकारीबाट ठगिँदा उपचार नपाएर मृत्यु भएको भन्दै सडकमा शवसहित प्रदर्शन

काठमाडौं– सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको छ । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको हो ।

स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्तले बताएका छन् । स्थापितको एक करोड बढी सहकारीमा भएपनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको उनीहरुको आरोप छ । स्थापितको मृत्यु भएपछि सहकारी पीडित र आफन्तहरूले सडकमा शव राखेर विरोध प्रदर्शनसमेत गरेका छन् ।

निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकको रकम सहकारीमा सार्न लगाएर ठगी गरेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्