विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी
गुल्मी– वनबाट ल्याएको च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी परेका छन् ।
गुल्मीको रेसुंगा नगरपालिका वडा नं ८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवारले आइतबार साँझ वनबाट ल्याएको विषालु च्याउ खाएका थिए । सोपछि परिवारका ८ जा एकैपटक बिरामी परेका हुन् ।
रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू राती बिरामी परेका हुन् । बिरामी पर्नेमा ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षको सिर्जना काउछा, छोरी ३९ वर्षकी गीता थापा छन् ।
गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनीहरूको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको प्रहरीले जानकारी दिएको छ ।