धनगढीमा युवती मृत अवस्थामा फेला

648
Shares

धनगढी- धनगढीमा डेरा गरी बस्ने एक युवती मृत फेला परेकी छन्। कञ्चनपुरको बेलौरी नगरपालिका घर भएकी १९ वर्षीया आस्था थापा आइतबार कोठामा मृत फेला परेकी हुन् ।

आइतबार मध्याह्न १२ बजेतिर सँगै बस्ने साथीले ढोका ढक्ढक्याउन खोज्दा उनी कोठामा मृत भेटिएकी थिइन्। झ्यालमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। घटना शंकास्पद रहेकोले अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

उनी धनगढीमा बसेर एचए पढ्दै थिइन्।