कोटीहोममा सम्बोधन गरेका कृष्ण दमाईलाई दुईछाक टार्न समस्या, युकेबाट इशा गुरुङको सहयोग

2.2k
Shares

काठमाडौं– केही दिनअगाडि पशुपति कोटी होमको व्यासासनमा बसेर चर्चामा आएका कृष्ण दमाई एउटा अन्तरवार्तामा धरधरी रोएका छन् । संस्कृतमा आचार्यसम्मको अध्ययन गरेका दमाईको उक्त भिडिओ भाइरल भइरहेको छ ।

जहाँ उनले रुँदै आफूलाई दुई छाक टार्न समस्या भइरहेको बताएका छन् । उनले अन्तर्वार्तामा भनेका छन्, ‘बिहान खाए बेलुका के खाने भन्ने समस्या छ ।’

सो भिडियो भाइरल भएपछि उनलाई सहयोग समेत मिल्न थालेको छ । बेलायतमा रहेर नेपालमा समाज सेवा गर्दै आएकी समाजसेवी इशा गुरुङले उनलाई सहयोग गरेकी छिन् । उनले दमाईलाई बिस हजार रुपैयाँले सहयोग गरेकी हुन् ।

लामो समयदेखि बेलायत बस्दै आएकी उनले प्राकृतिक प्रकोप,बाढीपहिरो,आगलागी,भोकमरी जस्ता समस्याहरुमा परेका नेपालीहरुलाई उनले सशक्त रुपमा सहयोग गर्दै आएकी छिन् । आर्थिक अभावका कारण उपचार गर्न नसकिरहेका क्यान्सर,मृगौला पिडित,ब्लड मणी संकलन र देश विकासमा सामाजिक स्तरबाट उठेको सबै परियोजनामा उनले आर्थिक,भौतिक तथा मानसिक रुपमा समेत सहयोग गर्दै आएकी छिन् ।

उनले कृष्ण दमाईको परिवार पाल्न समस्या भएपछि सहयोग गरेकी हुन् । दमाईलाई अन्य समाजसेवीहरुको समेत सहयोग मिल्न थालेको छ । कोटिहफम महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले पनि उनलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

संस्कृतमा आचार्यसम्मको अध्ययन पछि दमाई एक सामुदायिक विद्यालयमा शिक्षण गर्दै आएका छन् । उनी जनक्रान्ति नामको दैनिक पत्रिकामा समेत आबद्ध छन् । तर सामुदायिक विद्यालयमा पढाएपछि निजी स्रोतको शिक्षक भएकाले उनले तलब थोरै छ ।

दमाईको पैतृक सम्पत्ती खासै छैन । उनको श्रीमती र दुई सन्तान छन् । सस्कृत साहित्य र भाषामा अध्ययन गरेपनि उनले आध्यात्मिक क्षेत्रमाखासै अवसर पाएका छैनन् । उक्त अध्ययनले मात्र कर्मकाण्ड र पुराणवाचन गर्न सकिँदैन । पुराणवाचनका लागि छुट्टै कोर्सहरु हुन्छन् । उनले कोटी होममा पनि प्रवचन नभइ सामान्य सम्बोधन मात्रै गरेका थिए । उनको सम्बोधनलाई धेरैले छुवाछुतविरोधी अभियानमा एउटा कोसेढुंगा मानेका छन् ।