Logo

उपत्यकाका नदीमा थप २० मिटर मापदण्ड राख्ने फैसलाको पुनरावलोकन गर्न मेयर्स फोरमको माग

काठमाडौं– उपत्यकाभित्र नदी किनारका संरचनासम्बन्धी सर्वोच्चको फैसला पुनरावलोकनका लागि काठमाडौं उपत्यका मेयर्स फोरमले माग गरेको छ ।

विगतमा सरकारले निर्धारण गरेको मापदण्डका आधारमा कित्ताकाट, खरिदबिक्री र स्वामित्व हस्तान्तरण हुँदै आएकोमा स्थानीय तहले पनि सोही आधारमा कानून बनाएर काम गरिरहेको फोरमले अवगत गराएको छ ।

स्थानीय तहबाट ऐन कानून निर्माण भएर कार्यान्वयन भइरहेको अवस्थामा प्रचलित मापदण्डमा थप २० मिटर निर्धारण गर्नु विगतको सरकारी मापदण्ड विपरीत भएको फोरमले बताएको छ ।

सर्वोच्चको उक्त फैसलाले आजीवन संघर्ष गरी कमाएको सम्पत्तिबाट खरिद गरिएको जग्गाको स्वामित्वबाट उपत्यकाभित्रका जनता विमुख हुने स्मरण गराउँदै फैसला पुनरावलोकन माग गर्दै फोरमका अध्यक्ष चिरिबाबु महर्जनले विज्ञप्तिमा जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्