अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश आइपुग्दै

432
Shares

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल आईपुग्दैछन्। आइतबार साँझ उनी संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गरेका थिए ।

कतारबाट आज उनी आज अपराह्न ४ बजे काठमाडौं आइपुग्न लागेका हुन्। प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा असोज १० गते राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए।

अमेरिका भ्रमणमा रहँदा विभिन्न छलफलमा भाग लिनुका साथै उच्च स्तरीय भेटवार्ता समेत गरेका उनले राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नु अघि असोज गते कोलम्बिया विश्वविद्यालयमा आयोजित ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गरेका थिए ।

त्यस्तै असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए। उनले असोज ११ गते हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गरेका थिए ।