काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै गर्दा भौतिक पूर्वाधार मन्त्री लम्सालले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाइएको बताएका छन्।
मन्त्री लम्सालले फेसबुकमार्फत ‘होम एन्ड अवे’ प्रणालीमा एनपीएल सञ्चालन गर्न सकिने गरी कम्तीमा ८ हजार दर्शक क्षमताका रंगशाला निर्माण गर्ने योजना अघि बढाइएको जानकारी दिएका हुन्।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाले एनपीएललाई देशभर विस्तार गर्दै नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने विश्वास उनले व्यक्त गरेका छन्। साथै, उनले नेपाल क्रिकेट संघ (क्यान) लाई आवश्यक तयारी अघि बढाउन आग्रह गर्दै एनपीएलको सफल आयोजनाका लागि शुभकामना दिएका छन्।


















प्रतिक्रिया