काठमाडौं। बर्दियामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। राजापुर नगरपालिका–३ का ५५ वर्षीय कालुराम थारुको छोराको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रहरीका अनुसार कालुरामलाई उनका छोरा राजेन्द्रले आइतबार राति करिब ११ बजे कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका कालुरामलाई उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्र लगिएको थियो।
स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज लगिएको थियो। तर, नेपालगञ्ज पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राजेन्द्रलाई आइतबार राति नै नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया