Logo

बिहीबार यता प्राकृतिक विपत्तीमा परेर १८८ को मृत्यु, ४१ जना बेपत्ता

काठमाडौं– बिहिबारदेखि शनिबारसम्म आएको अविरल वर्षाले निम्ताएको प्राकितृक विपत्तीमा परेर मृत्यु हुनेको संख्या १८८ पुगेको छ । बाढी, पहिरो र डुबानमा परेर ४१ जना अझै बेपत्ता छन् ।

गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ । गृहमन्त्रालयको सोमबार बिहानको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ ।

बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् । यस्तै ४५ जना घाइतेको उपचार भइरहेको छ । देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् ।

३६५४ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्