‘संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको हैन’

1.3k
Shares

काठमाडौं– प्रधानमन्त्री केपी शर्माओलीले स्वदेश फर्कने क्रममा आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिताबाट नेपालले के फाइदा लियो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।

‘म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन’, प्रधानमन्त्री ओलीले भने, ‘म त्यहाँ हाम्रा विचार र समस्या राख्न गएको हो । राखियो ।’ उनले नेपालको मात्र नभइ विश्वव्यापी समस्याका बारेमा जानकारी गराएको बताए ।

‘ग्लोबल समस्या भएकाले सबै मिलेर गर्नुपर्छ । त्यसरी नै अल्पविकसित देशहरूले बढी भोग्नुपरेको क्षति र मार जुन छ क्षति पुर्‍याउने कुरामा हात नभए पनि बढी मार सहनुपरेको छ । त्यसमा विश्व समुदायको ध्यान जानुपर्छ’, उनले संयुक्त राष्ट्रसंघको महासभा र साइडलाइन भेटवार्ताहरूबारे जानकारी दिँदै भने, ‘जसले बढी बिगारेको छ उसले बढी क्षतिपूर्ति र सपार्न पनि लगानी गर्नुपर्छ भनिएको छ ।’