चाडपर्व नजिकिँदा बजारमा वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको रास्वपाको दाबी
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चाडपर्व नजिकिँदा बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको जनाएको छ। सोमबार विज्ञप्ति निकाल्दै रास्वपाले उपभोग्य बस्तुको कालो बजारीले प्रश्रय पाएको दाबी गरेको छ ।
रास्वपाका उद्योग तथा वाणिज्य विभाग प्रमुख गणेश पराजुलीले निकालेको विज्ञप्तिमा भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्याउने प्रयास गरिएको उल्लेख गरेका छन् ।
गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक हकप्रति रास्वपाले ध्यानाकर्षण गराएको छ । मुल्य, परिणाम, शुद्धता, गुणस्तर लगायतमा रास्वपाले सरकारको ध्यानाकर्षण गराएको हो ।