मृत्युपछि पनि युट्युबमा सक्रिय रहन गोप्य भिडियोहरु बनाइरहेका छन् ‘मिस्टर बिस्ट’

2.7k
Shares

काठमाडौं– युट्युबमा सबैभन्दा बढी सब्सक्राइबर भएका मिस्टर बिस्टले आफ्नो निधनपछि पनि युट्युब च्यानलमा भिडियो हाल्नेगरि तयारी गरिरहेका छन् । उनले यसको खुलासा केएसआई र लोगन पलको इम्पल्सिभ पडकास्टमा खुलासा गरेका हुन् ।

केहि समयअघि चर्चित युट्युबर निकोकाडो अवोकाडोले दुनियाँलाई चकित बनाएका थिए । विभिन्न खानेकुरा खाएको भिडियो पोष्ट गर्ने उनी निकै मोटा थिए । तर केहिसमयअघि निकोकाडो अवोकाडो आफू दुब्लाइसकेको पोष्ट गरे । उनको मोटो शरिरमा नै भिडियो देखिरहेका दर्शकहरु निकोकाडोले कहिले तौल घटाए भन्ने कुरालाई लिएर चकित थिए । उनले अवोकाडोले पुरानै भिडिओहरू राखी दुई वर्षसम्म इन्टरनेटलाई झुक्काएर गुपचुप रुपमा तौल घटाएका हुन् ।

मिस्टरविस्टसँग पडकास्टमा उनै अवोकाडोको नाम लिँलै केएसआईले ‘तपाईँले पनि त्यस्तै गर्नुहुन्छ कि जस्तो लाग्छ’ भनेर जिज्ञासा राखेका थिए । लगत्तै मिस्टर बिस्टले आफ्नो निधनपछि १५ ओटा भिडिओ अपलोड गर्न टिमले काम गरिसकेको सुनाए । आफ्नो निधनपछि पनि दर्शकलाई अझै जीवित भएको भान पार्न उनले भिडियो बनाएका हुन् ।

आफ्नो निधनपछि अपलोड हुने भिडिओ पुरानो कम्प्युटरमा सुरक्षित राखेको उनले बताएका छन् । तर यो भिडियोको बारेमा उनीसहित कम्पनीका केही व्यक्तिहरूलाई मात्र थाहा छ । तर ती भिडिओहरू आजकलको जस्तो स्तरीय नहुने उनले बताएका छन् ।

उनले भने, ‘केही भिडिओहरू खासै राम्र‍ा छैनन् । एउटा भिडिओमा त म टेबलमा बसेर पुरानो फ्यान मेल (प्रशंसकले पठाएका पत्र) खोलिरहेको छु,’ उनले भनेका छन् ।

उनले आफ्नो निधनपछि ‘माई लास्ट भिडिओ’ शीर्षकमा समेत एउटा भिडिओ अपलोड हुने उनले खुलाएका छन् । ती सबै भिडिओहरू हरेक महिना एकएक गरेर अपलोड हुने उनले सुनाएका छन् ।