चितवनमा रविको विरोधमा युवा संघ उत्रिएपछि स्थानीयले लखेटे

30.5k
Shares

काठमाडौं– चितवनमा सार्वजनिक सुनुवाई गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको युवा सघंले विरोध गरेपछि स्थानीयले लखेटेका छन् । शुक्रबार दिउँसो उनले इच्छाकामनास्थित थकाली समाज भवनमा सार्वजनिक सुनवाइ कार्यक्रम सञ्चालन गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रम सक्किएर निस्किने क्रममा युवा संघका कार्यकर्ताहरु उनको विरोधमा उत्रिएका थिए । सोपछि चितवनका रविका मतदाता उनीहरु माथी जाइलागेका हुन् ।

लामिछाने चितवन २ बाट निर्वाचित सांसद हुन्। २०७९ को प्रतिनिधि सभामा चितवन २ बाट निर्वाचित भएका उनी नागरिकता प्रकरणले सांसद पद गुमेपछि उपनिर्वाचन पनि सोही स्थानबाट सांसद चुनिएका थिए । उनले सांसद चुनिएयता चिवतनमा गरेको यो तेस्रो सार्वजनिक सुनुवाई हो । आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरतास्वतप उक्त कार्यक्रम गरेको उनले बताएका छन् ।

कार्यक्रममा रविले गरेका काम, उनीसँग जोडिएका विवाद लगायतका विषयमा त्यहाँका जनताले जिज्ञाशा राखेका थिए । कार्यक्रममा रविले आफ्ना मतदाताको जिज्ञाशा मेट्ने काम गरेका थिए ।