सहकारी ठगलाई राज्यले कुनै पनि हालतमा नछोड्ने प्रधानमन्त्री ओलीको चेतावनी

15k
Shares

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगलाई राज्यले कुनै पनि हालतमा नछोड्ने चेतावनी दिएका छन् । सरकारको नेतृत्व गरेको एकसय दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै ओलीले सहकारी ठगलाई कारबाही गरेर बचतकर्ताको रकम फिर्ता गराएरै छाड्ने बताएका हुन् ।

“सहकारीमा ठगीमा संलग्न जो कसैलाई कारबाही गर्छौं भनेका थियौँ । अहिले सहकारी ठगहरूलाई कारबाही प्रक्रिया अघि बढेको छ,” ओलीले भने, “६०० बढीलाई कारबाही प्रक्रिया अघि बढाएकामा ५७५ जना थुनामा छन् ।”

त्यस्तै ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन्। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे।

‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ। ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्दति बसाल्ने हाम्रो प्राथमिकता छ’, उनले भने