कक्षा १० मा १० पटक फेल, बुबाको जिद्दीका कारण ११ औँ पटकमा मिल्यो सफलता
एजेन्सी– भनिन्छ कोशिश गर्नेको हार हुँदैन । तर जीत्नका लागि कति पटक कोशिश गनुपर्छ होला? कोशिश गर्नेको हार हुँदैन भन्ने भनाईलाई नै पछ्याउँदै भारतका एक युवकले कयौंपटक प्रयास गरे । उनले कक्षा १० को परिक्षा पास गर्न ११ पटकसम्म पनि प्रयास गर्न छाडेनन् । जुन अनौठो त छ नै । प्रेरणादायी पनि रहेको छ ।
महाराष्ट्रको बीडे जिल्लाका कृष्ण मुन्डे नाम गरेका युवकले लगातार १० पटकसम्म पनि कक्षा १० पास गर्न सकेनन् । तरपनि उनी हार नमानीकन ११ औँ पटक पुन कक्षा १० को परिक्षा दिए । कृष्णको यो कोशिश देखेर असफलताले पनि हार मानिरहेको थियो सायद । त्यसैले ११ औँ पटकको प्रयास भने खेर गएन । उनी ११ औँ प्रसायमा कक्षा १० उत्तीर्ण भए । उनको यस सफतलाई उनको परिवारले मात्र खुसी मनाएन पुरै गाउँले नै उत्सव जसरी मनाएको थियो ।
बीडको पर्ली तालुकको डाबी गाउँका ती युवकले कोशिश गर्न नछाड्नुको पछाडस् उनको बुबा जिद्दी थियो । उनको बुबाको नाम नामदेव मुन्डे हो । नामदेवले मजदुरी गरेर परिवारको गुजारा चलाउने गरेका छन् । परिवारको गुजारा गर्न जति समस्या भएपछि छोराले भने पढोस् भन्ने उनी चाहन्थे । त्यसैले उनको एउटै इच्छा थियो कि जसरी हुन्छ छोराले १० कक्षा पास गरोस् । छोरा कृष्णले पनि जति नै असफल भएपनि बुबाको इच्छा पुरा गर्ने सुर कसे । त्यसैले उनले १० कक्षा पास गर्नका लागि निरन्तर प्रयास गरिरहे ।
उनी ५ वर्षमा १० प्रयासपछि गत मार्चमा भएको नतिजामा कक्षा १० पास भएका हुन् । कृष्णले २०१८ मा पहिलोपटक कक्षा १० को परिक्षा दिएका थिए । तर नतिजा आउँदा उनी पास भएनन् । त्यसपटि कृष्णका बुबाले हरेक पटक छोराका लागि भनेर परिक्षा फि जम्मा गरिदिन्थे । ताकी पैसाका कारण छोराले परिक्षाका लागि कोशिश गर्न नछाडोस् । कक्षा १० पास गर्नका लागि यी बाबु छोराले गरेको मेहेनतको साक्षी पुरा गाउँ थियो । त्यसैले जब कृष्णले कक्षा १० पास गरे सारा गाउँ नै मिलेर उत्सब मनाएको थियो । उनी पास भएको खुसीमा सारा गाउँले ढोल बजाएर र्याली निकालेको थियो ।