सर्वोच्चको फैसलाको पूर्णपाठ पाएपछि अदालतमा उपस्थित हुने सांसद मनाङेको दाबी

864
Shares

पोखरा– गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारमा सत्यता नरहेको दाबी गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाएका हुन् ।

केही दिनअघि सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएसँगै उनी सम्पर्कविहीन भएको समाचार बाहिर आएको थियो । सर्वोच्चको फैसला आउँदाको दिनदेखि सञ्चारमाध्यामहरुबाट तारान्तार आइहेका कलहरुका कारण केही समयका लागि आफूले प्रयोग गर्दै आइरहेको मोबाइल भने बन्द गरेको उनले स्वीकार गरेका छन् ।

उनले विज्ञप्तीमा भनेका छन्, ‘यहि विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समभारहरु आइरहेको पाएको छु । यसमा मेरो आपत्ति छ ।’

उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत थाहा पाएको बताएका छन् । उनले फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने समेत जनाएका छन् ।