सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री लेखकको छलफल सुरु


काठमाडौं– गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल थालेका छन् । सिंहदरबारस्थित् मन्त्रालयको आफ्नो च्याम्बरमा मन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरुलाई छलफल गरेका हुन् ।

पछिल्लो समय मन्त्री लेखकले सहकारी ठगी प्रकरणमा नाम मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखेरलमाथि पनि अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको चर्चा छ । लेखकले कानूनले दोषी देखेकालाई उन्मुक्ति नदिने नै सरकारको नीति रहेको स्पष्ट पार्दै आएका छन् ।

सहकारुी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा यतिवेला दोस्रो चरणको आन्दोलनको तयारीमा छ । लामिछानेलाई आजै अदालतमा म्याद थपको लागि उपस्थित् गराईएको छ । तर, बाहिर भने रास्वपाका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन् । रास्वपाको आन्दोलनबारेपनि मन्त्री लेखकले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको बुझिएको छ ।