काठमाडौं– सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पार्टीका उपसभापतिद्धय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले भेट्ने भएका छन् ।
सभापति लामिछानेलाई भेट्न यसअघि अर्याल र वाग्ले छुट्टाछुट्टै जाने गरेका थिए । बाहिर अर्याल र वाग्लेबीच कार्यवाहक सभापति लिन होडबाजी चलेको भनेर प्रचार गरिएको छ ।
यस्तो अवस्थामा दुवै उपसभापतिले आज सभापति लामिछानेलाई एकसाथ भेट्ने भएका हुन् । हिजोमात्रै उपसभापति अर्यालले सभापति लामिछाने बाँचुञ्जेल नेतृत्वमा विकल्प नभएको स्पष्ट पारेका थिए । प्रहरीले लामिछानेलाई पछिल्लोपटक थप १३ दिन म्याद थप गरेको छ ।
प्रतिक्रिया