काठमाडौं– यहि मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन गरिँदैछ। निर्वाचन आयोगका अनुसार आज अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ।
उपनिर्वाचनमा ४४ पदका लागि ४१० जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ८ र ३४ वडाध्यक्षका लागि आइतबार मनोनयन दर्ता गरिएको हो ।
यससँगै उम्मेदवारले बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म नाम फिर्ता लिन सक्नेछन्। दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। यसपछि अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।
प्रतिक्रिया