रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि जाहेरी


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ। चितवनस्थित साहारा सहकारी ठगी प्रकरणमा उनीसहित १० जनाविरुद्ध जाहेरी परेको हो ।

सहारा सहकारीको मुद्दा यसअघि नै अदालत पुगिसकेको छ । जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै ८ असोजमा मुद्दा दर्ता भएको थियो ।

३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको भन्दै १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो ।