एमालेले पार्टी कार्यालय खोल्न दानमा लिएको जग्गाविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा


काठमाडौं– व्यवसायी मिनबहादुर गुरुङले नेकपा (एमाले) लाई दिएको दाने जग्गाविरुद्धको रिट आजपनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा सुनुवाइको लागि पेशी तोकिएको उक्त रिट अन्नतः आजपनि हेर्न नभ्याइनेमा परेको हो । उक्त रिट सुनुवाइको लागि पेशी चढेपनि पटकपटक हेर्न नभ्याइनेमा पर्दैै आएको छ ।

गुरुङले दानमा दिएको दाबी गरिएको उक्त १० रोपनी १४ आना जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्चका न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले उक्त विवादमा सर्वोच्चले दान पाएको जग्गामा तत्काल काम नथाल्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ ।

भ्रष्टाचारमा दोषी ठहर भएका गुरुङबाट प्रधानमन्त्रीको रुपमा सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा लिनु स्वार्थ बाझिने र भ्रष्टाचार निवारण ऐन र राजनीतिक दलसम्बन्धी ऐनविपरीत भएको दाबी छ ।

गुरुङ चर्चित ललिता निवास जग्गा घोटाला प्रकरणका मुख्य दोषी हुन्। विशेष अदालतले उनलाई २ वर्ष कैद सजाय सुनाएको छ। त्यस्तै सोही प्रकरणमा जिल्ला अदालतमा पनि लिखत कसुर ९किर्ते० सम्बन्धी मुद्दा पनि विचाराधीन छ। यस्तै भ्याट छली प्रकरणमा पनि उनी दोषी ठहर भएका छन्।