काठमाडौं– आफूलाई झाक्रीका रुपमा चिनाउने प्रकाश भुजेलले चलाएको गाडीले ठक्करबाट मृत्यु भएका नगरकोटी दम्पतीका छोरीहरुसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन्।
सोमबार बेलुका कागेश्वरी मनोहरा नगरपालिका २ आलापोट पुगेर नगरकोटीका दुई छोरीहरुसहित उनको परिवारसँग प्रचण्डले भेट गरेका हुन् ।
कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडिको ठक्करबाट ३८ वर्षीय नारायण नगरकोटी र उनकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटीको मृत्यु भएको थियो। नारायण नेकपा माओवादी केन्द्रका नेतासमेत थिए ।
भेटमा प्रचण्डले नगरकोटी परिवारको दुखमा माओवादी र आफूसँगै रहेको बताएका थिए । नगरकोटी दम्पत्तीको मृत्यु भएपछि दुई छोरी गरिमा र अनु नगकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफूसँगै रहने प्रतिबद्धता जनाएको प्रचण्डको स्वकिय रमेश मल्लले बताएका छन् ।
प्रतिक्रिया