काठमाडौं– पाकिस्तानमा जारी ब्लाइन्ड टी–२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित हात परेको छ । दक्षिण अफ्रिकालाई ११ रनले हराउँदै नेपालले लगातार दोस्रो जीत निकालेको हो ।
पहिले व्याटिङ गरेको नेपालले दक्षिण अफ्रिकालाई १९९ रनको लक्ष्य थिएको थियो । तर दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि बुले भिडलाले शतक प्रहार गर्दै अविजित रहे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपालका लागि नरेश चौधरीले सर्वाधिक ८० रन बनाएका थिए ।
यसअघि समूहचरणको पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा बंगलादेशसँग नेपाल पराजित भएको थियो । तेस्रो खेलमा भने नेपालले सोमबार अफगानिस्तानलाई हराएको थियो । दक्षिण अफ्रिकाकालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।
प्रतिक्रिया