काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरियता सार्वजनिक गरेको छ । बिहीबार फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान उक्लिएको छ । हाल नेपाल १७५औं स्थानमा छ ।
नोभेम्बर महिनाको सुरूवातमा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अंक ९३५ थियो । अहिलेको नयाँ वरियतामा नेपालले ३ अंक थप्दै ९३८ बनाएको छ ।
नेपालले नोभेम्बरमा नै ताजिकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । जसमध्ये नेपाल ताजिकिस्तानसँग पराजित भएको थियो भने अफगानिस्तानलाई हराउन सफल भएको थियो ।
आफू भन्दा माथिल्लो वरियतामा रहेको टिमलाई हराएकोले नेपालले यस पटक अंक जोड्न सफल भयो । फिफा विश्व बरियतामा दक्षिण एसियाबाट भारत सबैभन्दा अघि १२७औं स्थानमा छ ।
यस्तै फिफ वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा छ । यस्तै दोस्रो स्थानमा ब्राजिल, स्पेन तेस्रो, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा छन् ।
प्रतिक्रिया