काठमाडौं– दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदका लागि मतदान जारी छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार त्यहाँ बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । उनका अनुसारपालिकाका ९ वडाका १२ मतदान केन्द्रमा बिहान १०ः३० सम्म २८०० सय मत खसिसकेको छ ।
त्यहाँ कmुल कुल १५ हजार ७ सय १८ मतदाता रहेका छन् ।उपाध्यक्ष पदका लागि ७ वटा दलसहित १६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको २०८० साल असारमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया