यूएईको आममाफी कार्यक्रममा अवैध रूपमा बसेका नेपालीलाई ठुलो अवसर


काठमाडौँ – यूएई सरकारले दुई महिनाको लागि ल्याएको आममाफी कार्यक्रममार्फत त्यहाँ अवैध रूपमा बसेका नेपालीहरूले लाभ लिन सक्ने छन्।

भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्कने अवसर दिनका लागि यूएई सरकारले आममाफी घोषणा गरेको हो। भिसा पाएर पनि यूएईको अध्यागमन नियम उल्लङ्घन गर्ने व्यक्तिहरूलाई पनि आममाफी प्राप्त हुनेछ।

सेप्टेम्बर १, २०२५ (गएको १६ गते) देखि शुरू भएको आममाफी कार्यक्रम अक्टोबर ३०, २०२५ (कात्तिक १४ गते) सम्म जारी रहनेछ। यो नियम पर्यटन भिसा, भिसा सकिएका, र कम्पनीबाट भागेका आप्रवासी कामदारहरूका लागि लागू हुनेछ, तर विना भिसा यूएई प्रवेश गरेका व्यक्तिहरूलाई यो नियम लागू हुने छैन।

नेपाली दूतावास अबुधाबीले अवैध रूपमा बसोबास गरिरहेका नेपालीलाई आममाफीको सुविधा लिन आग्रह गरेको छ। प्रक्रिया पूरा गरी नेपाल फर्केपछि ती व्यक्तिहरूलाई भविष्यमा यूएई फर्कनमा कुनै समस्या नपर्ने दूतावासले जनाएको छ।