‘इन्डियन आइडल १२’ का विजेता पवनदीप सवार कार दुर्घटना


काठमाडौं । ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजन सवार कार दुर्घटनामा परेको छ । उत्तराखण्डको चम्पावतबाट दिल्ली आउने क्रममा उनी सवार कार दुर्घटनामा परेको हो ।

चालक निदाउँदा दुर्घटना भएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन् । पवनदीपको दुवै हात र खुट्टा फ्रयाक्चर भएका छन् ।

जी न्युजका अनुसार दुर्घटनामा कार नराम्ररी क्षतिग्रस्त भएको छ। कारमा राजनसँगै उनका दुई साथीहरू पनि थिए। उनीहरूलाई गम्भीर चोटपटक लागेको छ। प्रहरी घटनास्थलमा पुगेर क्षतिग्रस्त सवारीसाधन सडकबाट हटाएपछि घाइतेहलाई तुरुन्तै निजी अस्पतालमा भर्ना गरिएको थियो । प्राथमिक उपचारपछि घाइतेहरूलाई नोएडा रेफर गरिएको छ।