गायक रोहित थापा मगरको नयाँ गीत ‘कुरिरहेछु’ सार्वजनिक गरिएको छ। प्रेमभावले भरिएको यस गीतमा रोहित थापाले स्वयं शब्द, संगीत तथा स्वर दिएका छन्। गीतको भिडियो पनि उनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा रोहित थापालाई नै मुख्य पात्रका रूपमा देख्न सकिन्छ, जहाँ उनी प्रेमको भावनामा डुबेर गीत गाइरहेका छन्। गीतले प्रेममा पर्खाइ र भावनात्मक समर्पणको कथा प्रस्तुत गर्छ।
नेत्र बहादुर मगरको निर्माणमा तयार भएको यस गीतमा मनीष गन्धर्वले सारंगीमा, उज्ज्वल सागरले एरेन्जमा, जबकि गगन मगर र समीर लामाले क्रमशः पार्श्व गायन/संगीत र डीओपीको जिम्मेवारी सम्हालेका छन्।
प्रतिक्रिया