सांसद अमरेशकुमार सिंहको ‘७२ जिल्ला भारत–चीनलाई भाडा देऊ’ अभिव्यक्तिमा एमालेको आपत्ति, संसद्‍मा आरोप–प्रत्यारोप


काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिमा नेकपा एमालेले कडा आपत्ति जनाएको छ।

बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले सरकारले चार जिल्लामा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाउँदै भने, “सरकारको नजरमा बाँकी ७२ जिल्ला त नेपालमै परेका छैनन् जस्तो देखिन्छ।” उनले व्यंग्यात्मक रुपमा थपे, “अरु जिल्लाहरू त लिजमा दिनुपर्छ, भारत वा चीनलाई भाडामा दिए हुन्छ।”

सिंहको अभिव्यक्तिपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाउँदै उक्त भनाइ संसद्‍को मर्यादाविरुद्ध भएको बताए। त्यसपछि संसद्‍मा आरोप–प्रत्यारोप सुरु भयो।

सभामुख देवराज घिमिरेले सांसद सिंहको अभिव्यक्ति संसद्‍को अभिलेखबाट हटाउने आदेश दिए।