काठमाडौं । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा विद्रोह हुन सक्ने भन्दै अध्यक्ष माधवकुमार नेपाललाई चेतावनी दिएकी छन् । नेपाल दुई तिहाइ बहुमत पु¥याएर माओवादीसँग पार्टी एकता गर्ने मनस्थितिमा पुगेपछि झाँक्रीले शुक्रबार खुला चुनौती दिएक िहुन् । नेतृ झाँक्रीले इतिहासको वास्तविकता नै यस्तै रहेको भन्दै माधव नेपाललाई स्मरण गराएकी छन् । उनले व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्ने भनेकी छन् ।
‘व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ। इतिहासको वास्तविकता यस्तै छ,’ उनले भनेकी छन्, ‘मान्छे नै थपेर बहुमत पुराउन त सकिन्छ, तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्ने चाहिँ होइन ।’ एकीकृत समाजवादीको आज सकिने केन्द्रीय कमिटी बैठकले माओवादीलगायत विचार मिल्ने पार्टीसँग एकता गर्ने प्रस्ताव पारित गर्दैछ ।
त्यसकै लागि माधव नेपालले आफूनिकट ८८ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । अहिले एकीकृत समाजवादीको केन्द्रीय कमिटीको संख्या साढे चार सय पुगेको छ । माओवादीसँग एकता गर्नकै लागि नेपालले केन्द्रीय सदस्य थपेका हुन् । माधव नेपालले माओवादीसँग एकता गर्ने निर्णय गरेमा झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, प्रेम आलेलगायतले बाहिर निस्केको घोषणा गर्ने तयारी गरेका छन् ।














प्रतिक्रिया